aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

हिमालयन बैंकसँग मर्जर प्रस्ताव पारितका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ पुस २०७८
हिमालयन बैंकसँग मर्जर प्रस्ताव पारितका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । 

सभाले हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई बैंक विच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रलाई सभाले अन्तिम रुप दिनेछ । यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन । विशेष साधारण सभाले मर्जर प्रकृया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । 

मर्जर पश्चात बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड हुने निर्णय पनि सभाले गर्नेछ । मर्जर पश्चात संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व परिवर्तन हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ । विशेष सधारण सभा प्रयोजनका लागि बैंकले पुस २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मर्जर प्रकृयाका लागि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस