काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले क वर्ग बाणिज्यबैंकमा २२ करोड ४६ लाख , राष्ट्रिय स्तरका विकास बैंकमा ४ करोड २० लाखर राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ४० लाख लगानी गर्न लगेको हो।
उक्त निक्षेप पाउनका लागि राष्ट्र बैंकले निर्धारण गरेका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले उक्त रकम लिन चाहेको प्रस्ताव गरिएको व्याजदर समेत तोकेको फारम भरी मिति २०७८ पौष १८ गतेभित्र आवेदन दिन भनेको छ ।
प्रतिक्रिया दिनुहोस