aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सूर्या लाइफले साईन बोर्डमा  राख्यो समितिबाट इजाजत प्राप्त वाक्यांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
सूर्या लाइफले साईन बोर्डमा  राख्यो समितिबाट इजाजत प्राप्त वाक्यांश

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साईन बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राखेको छ । साईन बोर्डमा बीमा समितिको “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । 

नियमनकारी निकाय बीमा समितिको मंसिर २ गतेको पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय/प्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा साईन बोर्डमा २०७८ मंसिर मसान्तभित्र अनिवार्य रुपमा“बीमा समितिबाट इजाजत प्राप्त”भन्ने वाक्यांश राख्न निर्देशन दिएको र सोही निर्देशन बमोजिम निर्धारित अवधिभित्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम“बीमा समितिबाट इजाजतप्राप्त”भन्ने वाक्यांश सहितको नाम पेटिका राखि सकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस