aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कुमारी बैंकका सबै सिस्टम आधा घण्टापछि सञ्चालन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
कुमारी बैंकका सबै सिस्टम आधा घण्टापछि सञ्चालन हुने

काठमाडौं । बिहिबार कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्कीपूर्ण इमेल आएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट यस्तो धम्की आएको हो ।

बैंकका डिपुटी सिईओ मनिष तिमल्सिनाले कुमारी बैंकमा बिहिबार बिहान सबै सिस्टम ह्याक गर्ने चेतावनी सहितको इमेल आएको बताए । उनले भने, ‘हाम्रो बैंकका साउदी ग्रुप नामबाट आज बिहान एक ईमेल आएको थियो । उक्त इमेलमा आएपछि बैंकको सबै विभाग हेर्ने प्रमुखहरु विहानैदेखि हाई अलर्टमा राखेका थियौँ । हालसम्म सबै विभागहरुको सिस्टम सुरक्षित रहेको छ ।’ 

साथै उनले अबको आधा घण्टापछि सबै सिस्टम चालू गर्ने तयारी गरिएको जानकारी दिए । यस्तो धम्कीपूर्ण इमेल कसले किन पठायो भन्नेबारे बुझ्ने काम भइरहेको समेत उनले जानकारी दिए ।  
 

प्रतिक्रिया दिनुहोस