aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सप्तकोशी डेभलपमेन्ट बैंकको रकम हिनामिना गर्ने ४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
सप्तकोशी डेभलपमेन्ट बैंकको रकम हिनामिना गर्ने ४ जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका– ७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रकम हिनामिना भएको बैंकिङ कसूर मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका१ बस्ने ३६ वर्षीय अमित थापा मगर, ४८ वर्षीय देवी प्रसाद भण्डारी, २९ वर्षीय हिमाल भट्टराई र सोही महानगरपालिका(६ बस्ने ४७ वर्षीय नविन सुवेदी रहेका छन् । 

उक्त बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ रकम हिनामिना भएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस