aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सांग्रिला डेभलपमेण्ट बैंकको २२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको २२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको २२ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले रुपेश थापाको नाममा रहेको उक्त शेयर विक्रीका लागि आइतवार १५ दिने सुचना जारी गरेको हो । 

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । उक्त अवधिमा  आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गर्न लागेको हो । यो शेयर खरिद गर्न इच्छुकहरुले कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार , काठमाडौंमा निवेदन दिनुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस