aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सांग्रिला डेभलपमेण्ट बैंकको १० हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको १० हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १० हजार ५०० कित्ता संस्थापक शेयर पुस २० गते मंगलवारदेखि विक्रीमा ल्याएको छ । बैंकले कुमार मल्लको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । 

यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने बैंकको भनाई छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय बाुलुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

विद्यमान शेयरधनीहरुबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा भने अन्य व्य्क्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस