aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सानिमा बैंक अब धादिङ्गको मलेखुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
सानिमा बैंक अब धादिङ्गको मलेखुमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंगलबार धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।   

समुद्घाटन् समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

त्यसैगरी सानिमा बैंकका संचालक बलराम पराजुलीद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस