aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप निःशुल्क चलाउन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप निःशुल्क चलाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एनआइसी एसिया मोबैंक एप निशुल्क सञ्चालन गर्न दिने भएको छ । बैंकले वेवसाइट, आइसर्भिस तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

 यससुविधा मार्फत यस बैंकका ग्राहक महानुुभावहरूले एनसेलको डाटा प्रयोग गरी बैंकिङ्ग एनआइसी एसिया मोबैंक एप, आइसर्भिस वेवसाइट तथा इन्टरनेट बैंकिङ  सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । 

उक्त इन्टरनेट बैंकिङबाट अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने सकिने सुविधा भएको बैंकले जनाएको छ । त्यस्तै, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नुहुनेछ । 

साथै, बैंकिङ्ग एनआइसी एसिया मोबैंक मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आइपीओमा आवेदन दिन सकिनेछ । बैंकिङ्ग एनआइसी एसिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा क्यासलेस विथड्रको प्रयोग गर्न सक्नुहुनेछ र एपमा रहेको कस्टोमर केयरबाट सुविधा लिन सकिने छ ।  

त्यस्तै आइसर्भिसबाट यस https://iserve.nicasiabank.com/home  मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट) गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै, ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन दिन सकिने छ । 

 बचत योजना परिवर्तन र चेक पेमेन्ट रोक्न, टेलर सेवाहरू नगद तथा चेक डिपोजिट भौचर भर्ने र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन दिन सकिने छ ।   

प्रतिक्रिया दिनुहोस