aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ पुस २०७८
बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्धती खाता संचालनमा ल्याएको छ ।  

विदेशमा बसि श्रम गरिरहेकाहरुले उक्त बचत तथा मुद्धती खाता यस बैंकमा खोल्न सक्नेछन् । यस मुद्धती खाता खोल्दा ग्राहकहरुले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउनेछन् । 

साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्नेछन् । 

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गरेका रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास लिएको बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस