aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एभरेष्ट बैंकले २ अर्ब बरावरको ऋणपत्र माघ ३ गतेदेखि विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
एभरेष्ट बैंकले २ अर्ब बरावरको ऋणपत्र माघ ३ गतेदेखि विक्री गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेदेखि वार्षिक ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल कित्तामध्य रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट बिक्री गर्ने जानकारी दिएको छ ।सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

८ वर्षे अवधिको यो ऋणपत्र खरिदका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्ने व्यवस्था छ । छिटो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म लम्बिनेछ । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । बैंकको यस ऋणपत्रलाइ केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने  ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । 

सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ । बैंकले यो ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर २० गते अनुमति पाएको हो । 
 

प्रतिक्रिया दिनुहोस