aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको  भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको “वित्तिय साक्षरता नीति” लाई अवलम्बन गर्दै वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरुलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंक भोजपुर शाखाका शाखा प्रमुख विनोद पाण्डेले विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको बैंकले जनाएको छ । 

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ । 
 
 

प्रतिक्रिया दिनुहोस