काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ६८ हजार ७८३ कित्ता संस्थापक शेयर पुस २६ गतेदेखि विक्रीमा आएको छ । बैंकले डा. रामप्रसाद पोख्रेलको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी सोमवार ३५ दिने सुचना जारी गरेको हो ।
विद्यमान यो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र उक्त शेयर खरिदका लागि के कति दर कबुल गर्ने हो सोको व्यहोरा खुलाई बैंकको प्रधान कार्यालयमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।
हिमालयन बैंकसँगको मर्जर प्रस्ताव पारितका लागि यस बैंकले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ । यी दुई बैंक विच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रलाई सभाले अन्तिम रुप दिनेछ । यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन ।
प्रतिक्रिया दिनुहोस