aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ऋणपत्र निष्कासनका लागि प्राइम कर्मशियल बैंकले दियो बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
ऋणपत्र निष्कासनका लागि प्राइम कर्मशियल बैंकले दियो बोर्डमा निवेदन

काठमाडौं । प्राइम कर्मशियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले रू. २ अर्ब ५० करोड बरावरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि पुस २१ गते बोर्डमा निवेदन दिएको हो । 

बैंकले कुल कित्तामध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ब्यक्तिगत तबरबाट विभिन्न व्यक्ति तथा संस्थाहरुलाई विक्री गर्नछे ।  विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र २०८८ सम्मका लागि विक्री गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस