aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बढ्न थाल्यो बैंकहरुमा निक्षेप, तीन हप्तामै ६८ अर्ब थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
बढ्न थाल्यो बैंकहरुमा निक्षेप, तीन हप्तामै ६८ अर्ब थपियो

काठमाडौं । पुस महिना शुरुभए यता वाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार पुस २ गतेदेखि २३ गते शुक्रबारसम्म ६८ अर्ब रुपैयाँ बराबरले निक्षेपमा वृद्धि भएको हो । 

यहि पुस २ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप थियो । यहि पुस २३ गते शुक्रबारसम्म यो निक्षेप वृद्धि भएर ४३ खर्ब ७ अर्बमा पुगेको छ । 

त्यस्तै, यस अवधिमा कर्जा लगानी भने २३ अर्बका सिमित भएको छ । तथ्यांक अनुसार पुस २ गते ४० खर्ब ८८ अर्ब रुपैयाँ बैंक वित्तय संस्थाहरुले कर्जा प्रवाह गरेका थिए । यहि पुस २३ गते शुक्रबारसम्म उक्त कर्जा प्रवाह ४१ खर्ब ८ अर्ब पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस