काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक निर्देशन दिएको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमण फैलिन नदिन सावधानि अपनाउन भनेको छ ।
सूचनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालन हुने तालिम, गोष्ठि, सेमिनार आयोजना गर्दा भौतिकदूरि कायम गर्न भनेको छ । साथै भरसक यस्ता कार्यक्रम अनलाइन मार्फत नै गर्न पनि आग्रह गरेको छ ।
त्यस्तै राष्ट्र बैंकले बैंकहरुको एटिएम बुथमा सेनिटाइजर र ढोकाहरु खुल्ला राख्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस