aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भारतीय बैंकको हड्ताल फेरि शुरु हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
भारतीय बैंकको हड्ताल फेरि शुरु हुने

एजेन्सी । भारतीय बैकका कर्मचारीले फागुन २३ र २४ गते फेरि हडताल गर्ने भएका छन् । केन्द्रीय ट्रेड युनियन (सिइओ) र अखिल भारतीय बैंक कर्मचारी संघ (एआइबीइए) लगायत अन्य संगठनहरूले संयुक्त रूपमा बैंक हड्तालको घोषणा गरेका छन् । बन्दमा देशभरका सरकारी तथा निजी बैंकका कर्मचारी सहभागी हुनेछन् ।

एआइबीइएका महासचिव सीएच वेंकटचलमले सबै बैंक संघ र सदस्यहरूलाई पत्र जारी गर्दै यो हडतालमा सामेल हुन तयार हुन आग्रह गरेका छन् । युनाइटेड फोरम अफ बैंक युनियनले दुईवटा सरकारी बैंकको निजीकरणको विरोधमा गत फागुन १५ र १६ गते हंगामा गरेको उनले बताए । बैंकिङ कानून (संशोधन) विधेयक २०२१ को विरोधमा १६ र १७ डिसेम्बर २०२१ मा हडताल गरिएको थियो। अब २३ र २४ फेब्रुअरीमा फेरि हडतालको लागि तयार हुन भनिएको छ । 

फेब्रुअरी २३ र २४ गते संगठन हडतालमा गएमा फेब्रुअरी २३ देखि २७ गतेसम्म अर्थात् ५ दिनमध्ये ४ दिन बैंकका काम ठप्प हुनेछन् । २३ र २४ गते र फेब्रुअरी २६–२७ मा क्रमशः चौथो शनिबार र आइतबार हडतालका कारण बैंकमा काम नलाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस