aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ पुस २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीको संस्थपक शेयरधनीले शेयर विक्री गर्न निवेदन दिएसँगै शेयर विक्री प्रक्रिया अगाडि बढाएको हो ।

संस्थापक शेयर खरीद गर्न चाहने शेयरधनीले यो सुचना प्रकाशित गरेको आजको मितीबाट ३५ दिन भित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटारमा आवेदन दिन अनुरोध गरेको छ । सो समयमा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य ब्याक्तिी वा संस्थालाई विक्री गर्ने प्रक्रिाय आगाडि बढाउने जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस