aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्ने भएसँगै लगानीकर्ताको आर्कषण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ पुस २०७८
नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्ने भएसँगै लगानीकर्ताको आर्कषण

काठमाडौं । बुधवार नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६२७ दशमलव ९० पुगेको छ । कम्पनीले पुन सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै लगानीकर्ताको आर्कषण परेको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन प्रस्ताव पारीत गर्नका लागि पुस २९ गते भोलि बिहिवार साधारण सभा आयोजना गरेको छ । सभा दिउँसो ११ः३० बजे होटल सेन्ट्रल पार्क चितवनमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।

कम्पनीले हाल सत प्रतिशत हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीले पुस ७ गते देखि रू. १ सय अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । यो हकप्रद शेयरमा आवेदकले माघ १२ गते सम्म  आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी रू. १३ करोड १२ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि पूँजी रू. २६ करोड २४ लाख ६७ हजार पुग्नेछ । यहि पूँजीको आधारमा कम्पनीले पुन हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारीत भएपछि आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस