aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कृषि विकास बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
कृषि विकास बैंकको लाभांश पारित

काठमाडौं । कृषि विकास बैंकको आर्थिक वर्ष २०७७।७८ को वार्षिक साधरणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा विहीबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।  

उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनीहरुले उठाएको जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रमेश कुमार क.सी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पारेका थिए ।  

बैंक संचालक समितिका सदस्यहरु  रमेश दुवाडी,  प्रकाश कुमार सन्जेल.,  संजिव पौडेल,  हरिप्रसाद पराजुली,  विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव श्री हिमलाल पौडेलले गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस