aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

२० वर्षभन्दा बढी समय निक्षेप दावी गर्न नआएमा राष्ट्र बैंकको कोषमा जम्मा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
२० वर्षभन्दा बढी समय निक्षेप दावी गर्न नआएमा राष्ट्र बैंकको कोषमा जम्मा हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० बर्षसम्म दावी गर्न नआएमा राष्ट्र बैंकको बैंकिङ कोषमा राख्ने व्यवस्था गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा भएको रकम रकममा कुनै  निक्षेपकर्ताले उक्त निक्षेपमा हकदावी लाग्ने कानुनी हकवालाबाट सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी दावी गर्न आएमा भने दावी लाग्ने छ । उक्त रकम दावी गरिएको विवरण राष्ट्र बैंकमा बैंक तथा वित्तीय स्स्थाले प्रमाणसहित पेश गर्नु पर्ने छ ।

यसरी जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धि विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुने पनि सूचनामा उल्लेख छ । राष्ट्र बैंकले त्यसरी जम्मा भएको पैसामा ब्याज दिँदैन। तर सम्बन्धित निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले दिनुपर्ने व्यवस्था गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस