aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नबिल बैंकले बंगलादेश बैंक किन्ने सम्झौता हुँदै, दुगड समूहले के गर्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
नबिल बैंकले बंगलादेश बैंक किन्ने सम्झौता हुँदै, दुगड समूहले के गर्ला ?

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई खरिद गर्ने सम्झौता हुने भएको छ । उक्त सम्झौता आज(बिहीबार) ललितपुरमा रहेको चौधरी समुहको होटल भिभान्तामा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।  नबिल बैंकले बंलादेश बैंक किन्दा बंगलादेश बैंकको १००ः४३ कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता पाउने गरी सहमति भएको बताइएको छ । 

मंगलबार जिल्ला अदालत काठमाडौंले भने आइएफआइसीसंग नेपाल बंगलादेश बैंकको शेयर चौधरी समूहलाई विक्री प्रक्रिया रोक्न आदेश दिएको छ ।  दुगड समूहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष पशुपति मुरारका, र शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवाल समेत रहेका छन् । 

तर, काठमाडौ जिल्ला अदालतले बुधबार नै आइएफआइसीलाई तत्काल सेयर खरिद बिक्री प्रक्रिया रोक्नु भनेर आन्तरिक आदेश दिएको छ । अदालतले एक साताको समय दिदै विपक्षीलाई लिखित जवाफ समेत मागेको छ ।आइएफआइसीले आफुँंग सहमती गरेर चौधरीलाई शेयर बिक्री गरेको भन्दै मोतिलाल दुगड अदालसम्म पुगेका थिए ।

नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरले खरिद गर्न दुगड समूहलाई ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको अदालतमा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ । 

गत असारमा बैंकले जारी गरेको सूचनामा सस्थापकलाई उक्त शेयर खरिद गर्न आवहान गरेको थियो । उक्त सूचना अनुसार सस्थापक एनबी ग्रपले आवेदन समेत दिएको थियो । तर, उक्त शेयर खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले राखेको ‘फिट एण्ड प्रपर’मा एनबी ग्रप अयोग्य भनेपछि उक्त शेयरमा चौधरी समूहले आँखा लगाइरहेको थियो । 

बैंकको सञ्चालक समितिले सस्थापकबाट उक्त शेयर खरिद गर्ने प्रक्रिया पुरा नभएपछि पुन अर्को सूचना जारी गर्न पर्ने थियो । तर, त्यो सूचना नै प्रकाशन नगरि चौधरी समूहलाई आइएफआइसी तर्फको ४१ प्रतिशत सस्थापक शेयर विक्रीका लागि प्रक्रिया अघि बढाएपछि विवाद भएको थियो । 

दुगड समूहका अध्यक्ष मोतिलाला दुगडले भने, ‘२ अप्रिलमा नेपालका ८ वटा व्यापारी समूहहरुसँग गरिएको सम्झौता ९ महिनापछि आएर विना जानकारी एकतर्फि उलंघन भयो । यो कानुनी शासन भएको देश हो । कानुनको सबैले पालना गर्न पर्छ राज्य सत्तासँग जनिक छु भन्दैमा जे पायो त्यो गर्न कसै पनि पाउँदैन ।’ यता, पाटन उच्च अदालतमा दायर भएको सोहि मुद्दाको सुनुाई हुन बाँकी नै रहेको दुगडले बताए । 

प्रतिक्रिया दिनुहोस