aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ माघ २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गतेका लागि बोलाएको विशेष साधारण सभा रद्द गरेको छ । बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको थियो । 

हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नका लागि बोलाईएको उक्त सभा मर्जर प्रस्ताव अस्वीकृत भएसँगै रद्द भएको हो । बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेकाले विशेष साधारण सभा नगर्ने निर्णय बैंकले गरेको हो । 

यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता गरेका थिए । वार्षिक साधारण सभामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ट र कर्मचारी संचय कोषले लिखित रुपमै विपक्षमा भोट हालेकाले मर्जर पस्ताव अस्वीकृत भएको हो । 
 

प्रतिक्रिया दिनुहोस