aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०७८ जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ माघ २०७८
वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०७८ जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०७८ जारी गरेको छ । बैंकले सोमबार उक्त मस्यौदा जारी गरेको हो । 

यस मार्गदर्शनको मुख्य उद्देश्य वातावरणीय संरक्षण, सामाजिक विकास, वित्तीय साक्षरताको प्रवद्र्धन, वित्तीय समावेशीकरण, विद्युतीय भुक्तानीको प्रवद्र्धन साथैशिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरणमा योगदान गर्न बैंक तथा वित्तीय संस्थाले मुनाफाको निश्चित अंश संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नु रहेको छ । यस मार्गदर्शनको कार्यान्वयनबाट बैंक तथा वित्तीय संस्थाले गर्दै आएका हुँदै आएका सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च निष्पक्ष र पारदर्शी रुपमा मुलुकभर न्यायोचित ढंगले वितरण हुने, सामाजिक हित प्रवद्र्धन हुनेर बहुउपयोगी कार्यमा स्रोतको प्रभावकारी प्रयोग हुने विश्वास लिइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषको व्यवस्थामा यस बैंकबाट “क”, “ख”, “ग” र “घ” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा थप क्रियाशील हुन हरेक आर्थिक वर्षको खुद मुनाफाको नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशतले हुन आउने रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्नेछ । इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले निर्णय गरी नेपाल राष्ट्र बैंकबाट तोकिएको प्रतिशतभन्दा बढी रकम उक्त कोषमा जम्मा गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यमा खर्च गर्न सक्नेछन् । 

हेर्नुहोस्, वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०७८  

 


 

प्रतिक्रिया दिनुहोस