aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

१७ प्रतिशत पूँजी बढाएको सानिमा बैंकको खुद नाफा १ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ माघ २०७८
१७ प्रतिशत पूँजी बढाएको सानिमा बैंकको खुद नाफा १ अर्बभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा बैंक लिमिटेडले १  अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा १ अर्ब ६ करोड २७ लाख ९६ हजार रुपैयाँ थियो ।

शुक्रवार सार्वजनिक उक्त अवधिको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ दशमलव ३४ प्रतिशत बृद्धि भएको हो । सञ्चालन नाफा गत वर्षभन्दा शून्य दशमलव ३४ प्रतिशत कम  १ अर्ब ५० करोड ५ लाख ७७ हजार रुपैयाँ भएको छ ।

यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५७ करोड ८२ लाख ४३ हजार छ । यस वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ पुर्याएको बैंकको जगेडा कोष रकम रू. ३ अर्ब ९५ करोड ५४ लाख ५७ हजार छ भने रिटेन्ड अर्निगमा रू. ५७ करोड ८२ लाख ४३ हजार छ ।

गत वर्षभन्दा यस वर्ष बैंकले १२ दशमलव ५४ प्रतिशत बढी रू. १ खर्ब ४४ अर्ब ५३ करोड ४३ लाख ६० हजार निक्षेप संकलन गरेको छ भने १४ दशमलव १३ प्रतिशत बढी रू. १ खर्ब ३५ अर्ब ८९ करोड ३२ लाख १४ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ५८ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ३१ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ०२ र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ०२ छ ।
 

प्रतिक्रिया दिनुहोस