aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमाससम्मको खुद नाफा २ अर्ब ६६ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ माघ २०७८
ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमाससम्मको खुद नाफा २ अर्ब ६६ करोडभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडले रू. २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार बैंकको यो नाफा १५ दशमलव ०४ प्रतिशत बृद्धि भएको हो ।

गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा रू. २ अर्ब ३१ करोड ५१ लाख १८ हजार थियो । यस वर्ष सञ्चालन नाफा १३ दशमलव ५७ प्रतिशतले बृद्धि भई रू. ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार भएको छ । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार छ । 
यस वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी रू. २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार कायम गरेको छ । दोस्रो त्रैमाससम्म बैंकको जगेडा कोष रकम रू. ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार र रिटेन्ड अर्निग रू. १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार छ । 

गत वर्षभन्दा यस वर्ष बैंकले १ दशमलव २९ प्रतिशत बढी रू. २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार निक्षेप संकलन गरेको छ भने १२ दशमलव १५ प्रतिशत बढी रू. २ खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ७२ प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव १३ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. २२ दशमलव ३९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ९७ छ । 
 

प्रतिक्रिया दिनुहोस