काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा उल्लेख्य बढेको छ। यस अबधिमा बैंकले यो वर्ष ६ महिनामा ५० करोड नाफा गरेको छ । अघिल्लो बर्षको यस अबधिमा २० करोड मात्रै नाफा कमाएको बैंकले १५० प्रतिशतले नाफा बढाएको हो ।
अघिल्लो वर्ष ४.८३ रहेको बैंकको इपीएस यो वर्ष ११.६६ रहेको छ । बैंकले ६ महिनामा १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको ब्याज आम्दानी ९३ करोड थियो । यस अबधिमा बैंकले पुस मसान्तसम्म ९१ अर्ब ६९ करोड निक्षेप संकलन गरेर ८३ करोड कर्जा दिएको छ । बैंकले अघिल्लो वर्षको भन्दा खराब कर्जा अनुपात (एनपीएल) घटाउन सफल भएको छ ।
अघिल्लो वर्ष १.७० प्रतिशत रहेको एनपीएल ०.९४ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ८८.८८ प्रतिशत रहेको सिभिल बैंकको बेसरेट भने अघिल्लो वर्षभन्दा बढेको छ । अघिल्लो वर्ष ८.४५ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.७४ प्रतिशत रहेको छ । बैंकले ३.०५ प्रतिशत स्प्रेडदरमा कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस