aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ माघ २०७८
सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको थियो ।          

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।      

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२१५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३२५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस