aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एभरेष्ट बैंककाे वितरणयोग्य नाफा २ अर्ब ४६ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ माघ २०७८
एभरेष्ट बैंककाे वितरणयोग्य नाफा २ अर्ब ४६ करोड

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकको नाफा १२.७८ प्रतिशतले घटेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ९६ करोड १९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

यस अबधिमा बैंकको सञ्चालन मुनाफा गत आवको दास्रो त्रैमासमा १ अर्ब ३७ करोड ३९ लाख ५८ हजार रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १९ करोड ८४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

साथै  यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड ११ लाख ७ हजार रुपैयाँ रहेको छ । साथै गत आवको दोस्रो त्रैमासमा १ अर्ब ८९ करोड ७ लाख ९ हजार रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिमा आईपुग्दा २ अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३० करोड ४९ लाख ३१ हजार रुपैयाँ रहेको छ । यस अबधिमा  बैंकको खराब कर्जा ०=१९ प्रतिशतबाट बढेर ०=२६ प्रतिशतले पुगेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ११ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस