काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेटवर्क मार्केटिङ /भर्चुअल करेन्सी तथा क्रिप्टाकरेन्सी अन्तरगतको कारोबार गर्ने व्यवसाय र त्यस्ता व्यवसायमा संलग्न स्वदेशी तथा विदेशी नागरिकलाई कारवाही गर्ने भएको छ ।
आइतबार राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक सुचना जारी गर्दै भर्चुअल करेन्सी तथा क्रिप्टाकरेन्सी सँग सम्बन्धीत हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने/गराउने लाई कारवाही गर्ने जनाएको हो ।
नेपालमा भर्चुअल करेन्सी तथा क्रिप्टाकरेन्सी मान्यता नपाएको र गैर कानूनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अबैधानिक तरिकाले रकम बाहिरिई स्वेदशी पूँजी पलायन हुने भएकाले त्यस्ता कार्य दण्डनीय र गैरकानुनी रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस