aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले वृद्धि, वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० माघ २०७८
एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले वृद्धि, वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख

काठमाडौं । एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले बढाउदै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा  १ अर्ब ७१ करोड १५ लाख रुपैयाँ कमाएको छ । सोमबार प्रकाशित अपरिष्कृत वित्तीय विवरणका गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ। नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ।

 बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.०६ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा भने ५.३८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको १६ करोड ५४ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ। 

 गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ रुपैयाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १८ रुपैयाँ ९६ पैसामा झरेको छ।

प्रतिक्रिया दिनुहोस