aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सनराइज बैंकको नाफा ७४ करोड ५५ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० माघ २०७८
सनराइज बैंकको नाफा ७४ करोड ५५ लाख

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो  कमाइ गत वषैको सोहि अवधिको तुलनामा २१.४७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेको छ भने जगेडा कोष ०.७८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.४३ प्रतिशत र कर्जा १९.८० प्रतिशत बढेको छ।

 बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१७ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा भने २१.५९ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १० करोड ११ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० रुपैयाँ १ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १४ रुपैयाँ ७४ पैसामा झरेको छ।
 

प्रतिक्रिया दिनुहोस