aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल बैंकको आम्दानी १ अर्ब ४१ करोड ७० लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० माघ २०७८
नेपाल बैंकको आम्दानी १ अर्ब ४१ करोड ७० लाख

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । । बैंकले चालू आबको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशत बढी नाफा कमाउन सफल भएको हो ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशत बढेको छ।  बैंकको सञ्चालन मुनाफा भने २०.०८ प्रतिशत घटेको छ। ३८ इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ।

 बैंकको प्रतिशेयर आम्दानी १९. ६७ पैसा रहेको छ । अघिल्लो यहि अवधिमा यस्तो आम्दानी २१ रुपैयाँ ३७ पैसा रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ३.३१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १२.३० प्रतिशत र कर्जा २०.४५ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस