aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनआईसी एशिया बैंकको प्रस्तावित लाभांश रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० माघ २०७८
एनआईसी एशिया बैंकको प्रस्तावित लाभांश रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोकेको छ ।बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश रद्द गरेको हो ।बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन नपाउने पहिलो र एक मात्रै बैंक एनआईसी एशिया बैंक बनेको छ ।

प्रतिक्रिया दिनुहोस