aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

हिमालयन बैंकमा नैतिकताको संकट, पाँच जना खलनायक कर्मचारीका कारण बैंक बदनाम बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
हिमालयन बैंकमा नैतिकताको संकट, पाँच जना खलनायक कर्मचारीका कारण बैंक बदनाम बन्दै

काठमाडौं । हिमालयन बैंक र नेपाल ईन्भेस्टमेन्ट बैंकबिचको मर्जर भाँडेर हिमालयन बैंक आफै आन्तरिक गुटबन्दीमा रुमलिन थालेको छ । बैंकको दोस्रो त्रैमासिकको विवरण हालसम्म प्रकाशित भएको छैन । बैंकभित्रको चरम गुटबन्दी, गलत नियतले जन्माएको कर्मचारी माझको असन्तुष्टि रहेको बुझिएको छ । 

बैंकमा बिना ठोस कारण उच्च पद ओगटेर बसेका पाँचजनालाई मात्रै बलमिचाईकै भरमा बढुवा गर्दा असन्तुष्ट व्यवस्थापन तहमा समेत स्पष्ट देखिने गैरजिम्मेवारीपूर्ण कार्यसम्पादन आदिले यसपालिको विवरणले सबै सामु प्रष्ट चित्र देखाईसकेको छ । विगत २०७६÷७७ मा पनि विभिन्न कम्पनीको शेयर बेचेर फईदा देखाउने काम भएको थियो तर प्रश्न भने यसपालि चाहिँ के बेचेर फाईदा देखाउने होला भन्ने नै रहेको छ ? 

अझै अनैतिकताको पराकाष्ट पार गर्दै यही पाँचजना मात्रै रहेको कर्मचारी व्यवस्थापन समितिले स्वयंआफै पाँचजनालाई समय अगावै बढुवाका लागि सिफारिस गरिएको थियो । त्यसमा प्रमुख कार्यकारी अधिकृतले सही थपेर बढुवा गराएका थिए ।  के आधारमा कसरी गरिएको हो भनेर समेत कसैलाई जानकारी अहिलेसम्म गराईएको छैन न त समस्त कर्मचारीवर्गमा साधारण जानकारी नै पनि गराईएको छ । 

यसरी नियम–कानून विरुद्ध गएर गरिएका पाँचजना कर्मचारीहरूमा सुनिल गोर्खाली, समीर आचार्य, सतिश जोशी, शंकर जोशी र ज्ञानेन्द्र श्रेष्ठ परेका छन्  । उनीहरुलाई व्यवस्थापनले लेबर (श्रम) कमिटिमा राखेर निश्पक्ष र पारदर्शि तरिकाले कर्मचारीहरुका सरुवा–बढुवा गर्ने जिम्मा दिएको थियो । तर, यस कमिटिले सम्पूर्ण कर्मचारीले खाईपाई आएको तलब–भत्ता काट्ने, केही पहुँच नभएका कर्मचारीहरुलाई जबर्जस्ती स्वेक्षिक अवकासमा पठाउने र एकदमसित महान काम गरे जसरी समय अघावै आफैलाई मात्रै बढुवाका लागि सिफारिस गर्ने जस्ता काम गरेका थिए । 

यही पाँच जनाको पृष्टभूमिका बारेमा केही थहा हुन समेत जरुरी हेको छ । सुनिल गोर्खाली र बैंकभित्र हुने गरेका ठगि काण्डहरु सँधै संगै जोडिने गरेको पात्र रहेको बैंक स्रोतले बताएको छ । गोरखाली काण्डहरुमा भ्यालिटप ओभरसिज (४० लाख रुपैया), पुरुसोत्तम दाहाल (करिब ३ करोड), परिक्षित क्षेत्री (१ करोड), विद्यार्थी ड्राफ्ट काण्ड (करिब ५० लाख), मेलम्ची बैंक ग्यारेन्टी (करिब ८० लाख) जस्ता अन्य काण्डहरुमा मुछिएको बैंक स्रोतले आर्थिक न्युजडटकमलाई जानकारी दिएको छ । अचम्भ त के भने उनीहरु यसरी भ्रष्टाचारमा लिप्त रहँदन पनि बहिले कारवाही भोग्नु परेको छैन र सँधै समय अघाडि नै बढुवाले पुरस्कृत हुँदन । कतै उनी भन्दा माथिका व्यवस्थापकहरु र संचालकहरुको समेत मिलिमतो छ कि भन्ने प्रश्न कडा रुपले उब्जाएको छ ।

उनीहरु नयाँ सडकको शाखा प्रमुख हुँदा समेत उक्त शाखा नै धराशही गरेको र उनीहरु सरुवा हुँदा शाखाको हालत कस्तो हुनगयो भनेर समेत कसैको अगाडि लुकेको छैन । उनीहरुको एउटा मुद्दा अख्तियार दुरुपयोग आयोगमा बिचाराधिन समेत रहेको छ र यस्तो हुँदा सरकारी कर्मचारी स्वतः सस्पेन्ड हुने गर्छन्। तर यहाँ भने उल्टै पुरस्कृत हुनुलाई दालमा केही कालो जरुर छ भनी व्याख्या गरिदै आएको छ । 

उनीहरुले नयाँ सडक शाखा बिगारेको जसरी नै हालमा आएर ठमेल शाखालाई समेत श्रय शंकर जोशीले विगारेको बैंक स्रोतले जानकारी दिएको छ । उक्त शाखाको यस आर्थिक वर्षमा पहिलेभन्दा फाईदा आधा समेत छैन तर पनि शाखा प्रमुख पुरस्कृत हुनुलाई के भन्नू ? सँधै बढुवाका लागि कर्मचारीको कार्यसम्पादन मात्रै हेरिन्छ भनेर ठूला ठूला कुरा गर्ने प्रमुख कार्यकारी अधिकृतले यस बारे केही बोल्ने चेश्टा समेत गरेनन् र यसलाई कर्मचारीले राम्ररी लिने त कुरै भएन नि । 

अर्का व्यक्ति भनेको समीर आचार्य हुन् जो शुरुदेखि नै गुण्डागर्दी गर्ने, प्रहरीका पूर्व प्रमुखको नामको फाईदा उठाउने, जागिर दिंदा, सरुवा बढुवामा व्यापक भ्रष्टाचारमा लिप्त रहेको सबैलाई थहा रहेको तथ्य पनि हो । निकै धेरै कर्मठ कर्मचारीहरुलाई जबर्जस्ती अवकासमा पठाउने र जान नमाने कैयौंलाई पेलेर भए पनि पठाउने श्रय वहाँलाई नै जान्छ । 

यी पाँचजनालाई समय अगावै बढुवा गर्नुको कारण पनि राणाले मर्जरपछिको बैंकमा मुख्य–मुख्य मानिएका तहमा आफ्नै मान्छे राख्नलाई गरेको प्रपञ्च नै थियो । यी पाँच महत्वपूर्ण पद भनेको कर्जाको प्रमुख, कर्मचारी व्यवस्थापन, प्रशासन, बागमति प्रदेशका प्रमुख र वित्तिय प्रमुख थिए । यही पाँचजनालाई मर्जरको एम. ओ.यू. सहि हुनुभन्दा एक दिन अघाडि मर्जरलाई नकारात्मक प्रभाव पार्ने नियतले गरिएको कार्यले गर्दा नै ईन्भेस्टमेन्टमा करिब ५०० जना एकै साथ बढुवा भएको थियो । यसले हिमालयनका कर्मचारी माझ झनै असन्तुष्टि बढाउने काम गर्यो। यसमा जसले जे भने पनि मुख्य भुमिका भनेकै प्रमुख कार्यकारी अधिकृत राणाको जिद्धिपन, अब जे गरे पनि हुन्छ भन्ने भावना, कर्मचारीवर्गमा पर्न जाने नकारात्मक असरको बेवास्ता नै हुन् र हाल सम्म यसलाई ठिक गर्न तर्फ केही गरेको समेत देखिंदैन ।

 यस मर्जर भाँड्न यी पाँच जना कर्मचारी सफल भएको एपिसोडपछि त बैंकभित्र के कसरी काम भईरहेको छ भनेर समेत कसैलाई वास्ता नभएको भवना बढेर गएको छ । अहिले आएर समस्त कर्मचारीवर्गमा वर्तमान राणाको काम गराई र बलमिचाई भन्दा त मनोज बहादुर श्रेष्ठ हुँदाको काम गराई नै ठिक थियो भन्ने भावना उचाईमा बपुगेको छ । यसमा समेत सही थप्ने काम तत्कालिन संचालक समिति र मुख्य भुमिका बैंकका तत्कालिन अध्यक्ष तुलसि गौतमले नै निभाएका थिए ।

अबका दिनहरुमा यस्ता विषयले पक्कै प्रवेश पाउनेछन् र साधारण भाषा प्रयोग गर्ने हो भने वर्तमान अध्यक्षले नैतिकताको आधारमा र संचालक समितिका बैठक संचालन गर्न स्वयं असक्षम् घोषणा गरेर आफै राजिनामा दिनु बाहेक अरु कुनै बाटो देखिन्न । अध्यक्षले आफ्नै इज्जत जोगाउनलाई समेत यो नै उत्तम उपाय हुनेछ भन्दा फरक नपर्ला । तर उनीहरुको विगतका काम गराई र सोच हेर्दा “हिमालयन बैंक डुबे–डुबोस् तर आफ्नो परिवारको वर्चश्व कायम रहिरहनुपर्छ“ भन्ने खालको सोचाईले र काम गराईले गर्दा उपाय सोचे जस्तो सजिलो छैन होला ।

नेपाल ईन्भेस्टमेन्ट बैंकको तथ्याकं हेर्दा “नन् पर्फमिङ लोन“को हिस्सा कुल कर्जाको २.०६ प्रतिशत देखिएको छ भने अन्य बैंकहरुभन्दा धेरै हो ।  तर अर्को दृष्टिकोणबाट हेर्ने हो भने, ईन्भेस्टमेन्टले बिग्रेको कर्जालाई बिग्रेकै भनेर आवश्यक सावधानी अपनाएको र “लोन लस् प्रोभिजनिङ“ गरेर बैंकको जग अझै बलियो समेत बनाएको पनि भन्न मिल्छ, जो राम्रो पक्ष हो । कर्जा तथा निक्षेपमा खासै प्रगति नदेखिए पनि यस आर्थिक वर्षको ६ महिनामा एक अर्ब बासठ्ठी करोडभन्दा बढी भएको देखिन्छ, जो अन्य बैंकहरुको सामु इज्जत धानेकै छ भन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस