काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिनका लागि थप भएको अवधि बुधवार सकिदैंछ । कम्पनीको हकप्रद खरिदका लागि सुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरिएकोमा माघ १२ गतेसम्मको मिति थप गरिएको हो ।
कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर निष्कासन पश्चात यो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ ।
यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो मार्फत पनि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ्ग प्र्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस