aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ माघ २०७८
सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको ३० हजार कित्ता संस्थापक शेयर बिहीवारदेखि विक्रीमा आएको छ । बैंकले मिलन थापाको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।  

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १४३ तोकिएको छ । यो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । निवेदन बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस