काठमाडौं । गुडवील फाइनान्सले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ३ दशमलव ९ प्रतिशत नगद लाभांश पुस १५ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो ।
पुस १५ गते पछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि क्रमश बैंक खातामा नै नगद लाभांश जम्मा हुने जानकारी गराएको छ । साथै हालसम्म पनि शेयर आभौतिकीकरण नगराएका शेयरधनीकाले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यकोमासम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकरण गर्न अनुरोध गरेको छ ।
त्यसपछि नेपाल क्लियरिङ हाउस अन्तर्गतआइपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खातानम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश शेयरधनीको बैंक खातामानै जम्मा हुनेछ । शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस