काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरुले विभिन्न शुल्क मार्फत १४ अर्ब भन्दा बढी कमाएका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार यस अवधिमा २६ वटा वाणिज्य बैंकहरुले विभिन्न शुल्क मार्फत १४ अर्ब १५ करोड २४ लाख भन्दा बढी आम्दानी गरेका छन् ।
२६ वटा वाणिज्य बैंकहरुले गत वर्षको सोहि अवधिमा यस्तो आम्दानी १२ अर्ब ६३ करोड ४५ लाख ७८ हजार गरेका थिए । यी बैंकहरुले करिब २ अर्ब रुपैयाँले यस्तो शुल्क बढाएको देखिन्छ ।
यस अवधिमा सबैभन्दा बढी ग्लोबल आइएमइले विभिन्न शुल्क वापत ९१ करोड १६ लाख ५६ हजार आम्दानी गरेको छ । यस बैंकले गत वर्षको सोहि अवधिको भन्दा यस वर्ष एक लाख ९ हजार ७७८ रुपैयाँ बढी कमाएको हो ।
त्यस्तै, चालू आर्थिक वर्षको छ महिनामा विभिन्न शुल्क मार्फत एनएमबि बैंकले ८६ करोड ३८ लाख भन्दा बढी आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिको तुलना सबैभन्दा बढी आम्दानी गर्नेमा यो बैंक परेको छ । जसले २ लाख ७६ हजार ४२८ रुपैयाँ बढी कमाएको हो ।
संघको तथ्यांक अनुसार चालू आर्थिक वर्षको छ महिनामा एनआइसी एसिया बैकले ८५ करोड ६३ लाख ५५ हजार, नबिल बैंकले ८१ करोड ७५ लाख २१ हजार, कृषि विकास बैंकले ७१ करोड ९२ लाख ९२ हजार, प्रभु बैंकले ६६ करोड ९५ लाख ७५ हजार, नेपाल एसबिआई बैंकले ६६ करोड ३३ लाख ८६ हजार, माछापुच्छ्रे बैंकले ६३ करोड ३९ लाख ६३ हजार, प्राइम कमर्सियल बैंकले ६२ करोड ५४ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले ६२ करोड १६ लाख १५ हजार रुपैयाँ विभिन्न शुल्कबापत आम्दानी गरेका छन् ।
त्यसैगरि, यस अवधिमा सिद्धार्थ बैंकले ६१ करोड ४५ लाख ७५ हजार, नेपाल बङ्गलादेश बैंकले ५५ करोड ७५ लाख ७६ हजार, सनराइज बैंकले ५२ करोड ४९ लाख ९० हजार, लक्ष्मी बैंकले ५० करोड १७ लाख ७ हजार, नेपाल बैंकले ४८ करोड ६७ लाख ८६ हजार, सिटिजन्स बैंकले ४८ करोड ५४ लाख ९४ हजार, एभरेष्ट बैंकले ४६ करोड ६६ लाख ९४ हजार, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४६ करोड ४७ लाख ६७ हजार, सानिमा बैंकले ४५ करोड ९ लाख २८ हजार, हिमालयन बैंकले ४१ करोड ५३ लाख ९० हजार, कुमारी बैंकले ३९ करोड ९२ लाख ७५ हजार, एनसीसी बैंकले ३७ करोड ३८ लाख ३३ हजार, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ४९ लाख १८ हजार, बैंक अफ काठमाण्डूले ३२ करोड ११ लाख ५७ हजार, मेगा बैंकले २८ करोड ७८ लाख ६ हजार, सेञ्चुरी बैंकले २५ करोड ३० लाख ८७ हजार र सिभिल बैंकले २१ करोड ६१ लाख ८० हजार रुपैयाँ विभिन्न शुल्कबापत आम्लानी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस