aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चिलिमे जलविद्युतको नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ माघ २०७८
चिलिमे जलविद्युतको नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन अनुरोध

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको कर समेत ७ दशमलव ५ नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले माघ ५ गतेदेखिनै उक्त नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र गराउने समेत कम्पनीले भनेको छ । कम्पनीको पुस २३ गतेको २५औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । यस वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामै कम्पनीले जम्मा गर्नेछ । कम्पनीको रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार चुक्तापूँजीको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश प्रयोजनका लागि भने पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् ।

यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो । कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको अवस्थाछ । आर्थिक वर्ष ०६८/६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च ५० प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस