काठमाडौं । वाणिज्य बैंकहरुमा लगानीयोग्य पुँजी घट्दै गएको छ । नेपाल बैकर्स संघको तथ्याङकमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म वाणिज्य बैंकहरुको लगानी योग्य पुँजी घट्दै गएको देखिएको हो ।
संघको तथ्याङक अनुसार पुस मसान्तसम्म सबैभन्दा बढी लगानीयोग्य पुँजी प्रभु बैकको रहेको छ भने नेपाल इन्भेष्मेन्ट बैंकको लगानी योग्य पुँजी सबैभन्दा कम रहेको छ । यस अवधिमा प्रभु बैंकको सिडि रेसियो ८१.९० प्रतिशत रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको सिडि रेसियो ९५.६९ प्रतिशत रहेको छ ।
त्यस्तै लगानीयोग्य पुँजी कम रहेका ९ वटा बैंकहरु रहेका छन् । यी बैैकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा बढी रहेको देखिन्छ । जसमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सिडि रेसियो ९०.०१ प्रतिशत, ग्लोबल आइएमइको ९०.७३ प्रतिशत, बैंक अफ काठमाण्डू बैंकको ९२.६२ प्रतिशत, मेगाको ९३.१४ प्रतिशत, प्राइम कमर्शसियल बैंकको ९४.८३ प्रतिशत, नेपाल एसबिआई बैंकको ९५.०६ प्रतिशत, कृषि विकास बैंकको ९५.३२ प्रतिशत, कुमारी बैंकको ९५.५५ प्रतिशत र नेपाल इन्भेष्मेन्ट बैंकको ९५.६९ प्रतिशत रहेको बैंकर्स संघको तथ्याङकमा उल्लेख छ । उक्त तथ्याकंमा हिमालयन बैंकको सिडि रेसियो खुलाइएको छैन । असोजमसान्तसम्म हिमालयन बैंकको सिडि रेसियो ९३.५४ प्रतिशत रहेको थियो ।
त्यस्तै ९० प्रतिशतभन्दा कम सिडि रेसियो भएका वाणिज्य बैकहरु १८ वटा रहेका छन् । जसमा प्रभुको सिडि रेसियो ८१.९० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८३.५१ प्रतिशत, एनआइसी एसिया बैंकको ८६ प्रतिशत, सानिमा बैंकको ८६.८५ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकको ८७.९२ प्रतिशत, माछापुच्छ«ेको ८८.२१ प्रतिशत, नेपाल बंगलादेशको ८८.२३ प्रतिशत, सिद्धार्थ बैंकको ८८.६० प्रतिशत, लक्ष्मी बैंकको ८८.८६ प्रतिशत रहेको तथ्याङकमा देखिन्छ ।
त्यसैगरी, एनएमबी बैंकको सिडि रेसियो ८८.८८ प्रतिशत, सिभिल बैंकको ८८.८८ प्रतिशत, सेन्चुरी कर्मशीयल बैंकको, ८९.४३ प्रतिशत, नबिल बैंकको ८९.४९ प्रतिशत, नेपाल बैंकको ८९.६२ प्रतिशत, सिटिजन्स इन्टरनेशनल बैंकको ८९.६९ प्रतिशत र एभरेष्ट बैैकको सिडि रेसियो ८९.८३ रहेको छ ।
कुन वाणिज्य बैंकसँग कति छ निक्षेप
बैकर्स संघको तथ्याङक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४० खर्ब ८५ अर्ब ३५ करोड ६७ लाख ४३ हजार रुपैयाँ निक्षेप रहेको छ । यस अवधिमा सबैभन्दा बढी निक्षेप एनआइसी एसिया बैंकको रहेको छ भने सबैभन्दा कम निक्षेप नेपाल बंगलादेश बैंकको रहेको छ ।
संघको तथ्याङक अनुसार यस अवधिमा एनआइसी एसिया बैंकको निक्षेप २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख रुपैयाँ, ग्लोबल आइएमइको २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख, राष्ट्रिय वाणिज्य बैंकको २ खर्ब ४२ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, नबिलको २ खर्ब ३२ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ, सिद्धार्र्थको १ खर्ब ८८ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ, नेपाल बैकको १ खर्ब ८२ अर्ब ८४ करोड ९ लाख रुपैयाँ, नेपाल इन्भेष्मेन्ट बैंकको १ खर्ब ७३ अर्ब ६७ करोड ७६ लाख रुपैयाँ र एभरेष्ट बैैकको १ खर्ब ६५ अर्ब २१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रभु बैंकको १ खर्ब ६३ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ, कुमारी बैंकको १ खर्ब ५९ अर्ब ८२ करोड १६ लाख रुपैयाँ, प्राइमको १ खर्ब ५८ अर्ब ९३ करोड ९ लाख रुपैयाँ, कृषि विकास बैंकको १ खर्ब ५७ अर्ब ४९ करोड १८ लाख रुपैयाँ रहेको छ ।
सानिमा बैंकको १ खर्ब ४४ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ, मेगाको १ खर्ब ४१ अर्ब १८ करोड ४० लाख रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकको १ खर्ब ४१ अर्ब ८ करोड ६० लाख रुपैयाँ,माछापुच्छ«े बैंकको १ खर्ब ३७ अर्ब ४९ करोड ५६ लाख रुपैयाँ, लक्ष्मीको १ खर्ब ३० अर्ब ८१ करोड ४६ लाख रुपैयाँ र सनराइज बैैकको १ खर्ब २९ अर्ब २४ करोड २९ लाख रुपैयाँ निक्षेप रहेको तथ्याङकमा उल्लेख छ ।
त्यसैगरी संघको तथ्याङक अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको निक्षेप १ खर्ब २० अर्ब १३ करोड ३९ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको १ खर्ब १२ अर्ब ८९ करोड ७० लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डूको १ खर्ब ३ अर्ब ३ करोड १० लाख रुपैयाँ, सेन्चुरी कमर्शियल बैंकको ९२ अर्ब १९ करोड ८३ लाख रुपैयाँ, सिभिलको ९१ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ, स्टाण्डर्ड चार्टर्डको ८६ अर्ब २८ करोड ८२ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ८० अर्ब ७१ करोड ९ लाख रुपैयाँ रहेको छ । हिमालयन बैंकको निक्षेप तथ्याङकमा खुलाइएको छैन । असोज मसान्तसम्म हिमालयन बैंकको निक्षेप १ खर्ब ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस