aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

दोस्रो त्रैमाससम्म सप्तकोशी डेभलपमेण्ट बैंक ३ करोडभन्दा बढी खुद नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ माघ २०७८
दोस्रो त्रैमाससम्म सप्तकोशी डेभलपमेण्ट बैंक ३ करोडभन्दा बढी खुद नोक्सानीमा

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड २५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. ८० लाख ४८ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीले रू. ३ करोड ४५ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ ।

कर्मचारी खर्च यस वर्ष बढेकाले कम्पनी सञ्चालन नोक्सानीमा गएको हो । गत वर्ष रू. ४ करोड ६९ लाखभन्दा बढी कर्मचारी खर्च गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ९० लाख गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. १ करोड १३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको थियोे । हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार रहेको छ । रिटेन्ट अर्निग रू. ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम रू. ११ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले गत वर्षभन्दा १० दशमलव ३४ प्रतिशत कम रू. ४ अर्ब ४ करोड निक्षेप संकलन गरेको कम्पनीले ५ दशमलव ४७ प्रतिशत बढी रू. ४ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष ४ दशमलव ८४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ५ दशमलव २५ प्रतिशत पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस