aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कर्पोरेट डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ माघ २०७८
कर्पोरेट डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ लाख ७२ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । यो शेयर खरीद गर्न इच्छुक  विद्यमान कायम संस्थापक शेयरधनीहरुले कम्पनीले सुचना जारी गरेको आजको मितीले फागुन २० गते भित्र आवश्यक कागजात प्रमाणपत्र सहित केन्द्रिय कार्यालय आदर्शनगर बीरगञ्ज पर्सामा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

सो अवधिमा संस्थापक शेयर खरीदका लागि आवेदन नपरेमा अन्य उपयुक्त इच्छुक ब्याक्तीलाई शेयर विक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस