aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

१६ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको खुद नाफा सर्वाधिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
१६ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको खुद नाफा सर्वाधिक

काठमाडौं । धितोपत्र दोस्रो बजारमा १६ विकास बैंकले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार यस वर्ष मुक्तिनाथ विकास बैंकले सर्वाधिक खुद नाफा गरेको छ । मुक्तिनाथ विकास बैंकले यस वर्ष रू. ६० करोड २४ लाख खुद नाफा गरेको हो ।

मुक्तिनाथ पछि  दोस्रोमा गरिमा विकास बैंकले रू. ४९ करोड २९ लाख नाफा कमाएको छ । दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका १६ कम्पनी मध्ये तिन कम्पनी नोक्सानीमा रहेका छन् भने बाँकी सबै नाफामा रहेका छन् । नारायणी डेभलपमेण्ट बैंक,कर्णाली डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक नोक्सानीमा रहेका हुन ।

यी तिन कम्पनी मध्ये सबैभन्दा बढी सप्तकोशी डेभलपमेण्ट बैंकले रू. ३ करोड २५ लाख नोक्सानी ब्यहोरेको हो । त्यसैगरी कर्णाली डेभलपमेण्ट बैंकले रू. १ करोड ६३ लाख  र नारायणी डेभलपमेण्ट बैंकले रू. ५९ लाख ९८ हजार नोक्सानीमा रहेका हुन ।
त्यसैगरी  वित्तीय विवरण सार्वजनिक १६ कम्पनी मध्ये प्रतिशतका अधारमा सांग्रिला डेभलपमेण्ट बैंकको नाफा सबैभन्दा बढी ५८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू.१६ करोड ४८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.२६ करोड १८ लाख पुगेको हो ।

त्यसैगरी दोस्रोमा लुम्बिनी विकास बैंकको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत वृद्धि भएको छ । कम्पनील्े गत आवको दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३५ करोड १७ लाख पुगेको छ । नाफामा रहेका १३ कम्पनी मध्ये सबैभन्दा कम ग्रीन डेभलपमेण्ट बैंकले रू. १८ लाख ५ हजार नाफा कमाएको हो । 
 

प्रतिक्रिया दिनुहोस