aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनआइसी एसिया बैंकमा जागीरको अवसर, किन टिक्दैनन कर्मचारी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ माघ २०७८
एनआइसी एसिया बैंकमा जागीरको अवसर, किन टिक्दैनन कर्मचारी ?

काठमाडौं । एनआइसी एसिया बैंकले कर्मचारीको दरखास्त आह्रवान गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको लागि कर्मचारीहरु माग गरेको हो ।  बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्ने बैंकले जनाएको छ । बैंकले आवेदकहरुले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

१८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले मेरो जव मार्फत फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् । बैंकले केहि महिना अघि पनि कर्मचारी माग गरेको थियो । उक्त आवेदनबाट जागीर खान आएका धेरै कर्मचारीहरुले जागीरमा नियुक्त भएको केहि महिनामा नै जागिर छाडेर अन्य बैंकमा गइसकेका छन् । 

एनआइसी एसिया बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल सहित ११ जना उच्च पदका कर्मचारीले पदबाट राजीनामा दिएका थिए  । सीईओ नियुक्त भएको दुई वर्ष नहुँदै रिसालले बैंक छाड्न लागेका थिए । 

बैंक स्रोतका अनुसार बैंकमा कर्मचारीहरुलाई चरमशोषण हुने गरेको छ । विहान ८ बजे कार्यालय आइपुग्न पर्ने र राती ८ बजेसम्म अनिवार्य काम गर्न पर्ने बाध्यताका कारण बैंकमा कर्मचारी धेरै टिक्दैनन स्रोतले भन्यो । 

प्रतिक्रिया दिनुहोस