aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकिङ कसूर मुद्दाका फरार सिताराम लुईटेल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ माघ २०७८
बैंकिङ कसूर मुद्दाका फरार सिताराम लुईटेल पक्राउ

मोरङ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सिताराम लुईटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको २०७८ कात्तिक १० गतेको फैसलाले उक्त मुद्दामा १० महिना ७ दिन कैद रहेको छ । 

 १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको उक्त कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस