aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सात लाखभन्दा बढी नगद कारोबार गर्नेको विवरण माग्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
सात लाखभन्दा बढी नगद कारोबार गर्नेको विवरण माग्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सात लाखभन्दा बढी नगद कारोबार गर्ने व्यक्ति तथा संस्थाको विवरण माग गरेको छ । मंगलबार जारी गरेको सूचनामा सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको भए नभएको बुझ्नका लागि यस्तो विवरण माग गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको सूचना अनुसार २०७८ साउनदेखि पुस ३० गतेसम्मको यस्तो विवरण माग २४ गतेभित्र बुझाउन पर्ने उल्लेख छ ।  


 

प्रतिक्रिया दिनुहोस