aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राष्ट्र बैंकले २१ करोड रकम वित्तीय प्रणालीमा पठाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
राष्ट्र बैंकले २१ करोड रकम वित्तीय प्रणालीमा पठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ करोड रुपैयाँ लगानीयोग्य रकम वित्तीय प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थाहरुमा उक्त रकम ३६६ दिनका लागि मुद्दती निक्षेपका रुपमा पठाउने भएको हो ।   

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ– यस बैंकको अवकाश कोष अन्तरतग कर्मचारी सुरक्षण कोषको रकम  लगानी गर्नु परेकोले यस बैंक्बाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले लिनका लागि प्रस्ताव गरिएको ब्याजदर बैंकले तोकेको फारम भरि कूल लगानी योग्य रकममध्ये आगामी फागुन महिनाको ४ गतेदेखि २०७९ साल फागुन ४ गते सम्म ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेमा रकम खोली यस बैंकमा यहि माघ २४ गते ५ बजेभित्र ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ ।  

‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड १५ हजार रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा एक करोड ५० हजार  रुपैयाँ गरि कूल २१ करोड रुपैयाँ लगानी योग्य रकम पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस