aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकहरुले कर्मचारीलाई दिए साढे ५२ लाख बोनस, कुन बैंकले कति दियो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ माघ २०७८
बैंकहरुले कर्मचारीलाई दिए साढे ५२ लाख बोनस, कुन बैंकले कति दियो ?

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा  आफ्ना कर्मचारीलाई ५२ लाख ५२ हजार ७८८ रुपैयाँ बराबरको बोनस वितरण गरेका छन् । विभिन्न बैंकहरुको वित्तीय विवरण अनुसारको तथ्याङक अनुसार यसअवधिमा बैंकहरुले उक्त रकम बराबरको बोनस वितरण गरेका हुन् ।

यस अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी बोनश प्राइम कमर्शियल बैंकले वितरण गरेको छ । साथै सबैभन्दा कम कुमारी बैंकले १३.६ प्रतिशत बोनस वितरण गरेको हो । वित्तीय विवरण अनुसार अनुसार प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा ४८.५ प्रतिशत अर्थात २ लाख ६७ हजार रुपैयाँ, नेपाल इन्भेष्टमन्ट बैकले ४५ प्रतिशत अर्थात २ लाख ५७ हजार रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकले १ लाख ७२ हजार रुपैयाँ ग्लोबल आइएमइ बैंकले ३०.८ प्रतिशत अर्थात ४ लाख ८ हजारर रुपैयाँ बोनश वितरण गरेको हो ।

त्यस्तै, नबिल बैंकले २९.७ प्रतिशत अर्थात ३ लाख ४६ हजार रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकले २९.६ प्रतिशत अर्थात १ लाख ९५ हजार रुपैयाँ, सानिमा बैंकले २७.३ प्रतिशत अर्थात १ लाख ६८ हजार रुपैयाँ, मेगा बैंकले २६.८ प्रतिशत अर्थात २ लाख २२ हजार रुपैयाँ कर्मचारीलाई बोनश वितरण गरेका छन् । त्यस्तै, एनएमबी बैंकले २६.४ प्रतिशत अर्थात २ लाख ६९ हजार रुपैया, एनआइसी एसिया बैैकले २५.७ प्रतिशत अर्थात ३ लाख ८१ हजार रुपैयाँ र सेन्चुरी कमर्शियल बैंकले २४.५ प्रतिशत अर्थात १ लाख १४ हजार रुपैयाँ बोनस वितरण गरेको तथ्याांकमा उल्लेख छ ।

उक्त तथ्याङक अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंकले २३.६ प्रतिशत अर्थात १ लाख ४० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २३.३ प्रतिशत अर्थात ३ लाख ४ हजार रुपैयाँ, नेपाल बंगलादेश बैैकले २३.३ प्रतिशत अर्थात ३ लाख ४६ हजार रुपैयाँ वितरण गरेका छन् । त्यस्तै, सिद्धार्थ बैंकले २२.८ प्रतिशत अर्थात २ लाख ५२ हजार रुपैयाँ, लक्ष्मी बैंकले २०.१ प्रतिशत अर्थात ३ लाख ४६ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले १९.६ प्रतिशत अर्थात १ लाख ६० हजार रुपैयाँ र बैंक अफ काठमाण्डूले १८.४ प्रतिशत अर्थात १ लाख १० हजार रुपैयाँ बोनस वितरण गरेको हो ।

यसैगरी उक्त वित्तीय विवरण अनुसार कृषि विकास बैंकले १८.३ प्रतिशत अर्थात २ लाख ३१ हजार रुपैयाँ, नेपाल एसबीआइ बैंकले १८.२ प्रतिशत अर्थात १ लाख २४ हजार रुपैयाँ, प्रभु बैंकले १६.२ प्रतिशत अर्थात २ लाख ४ हजार रुपैयाँ वितरण गरेको बैंकहरुको वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै, सनराइज बैंकले १५.७ प्रतिशत अर्थात १ लाख १८ हजार रुपैयाँ, सिभिल बैैकले १४ प्रतिशत अर्थात ८१ हजार रुपैयाँ र कुमारी बैंकले १३.६ प्रतिशत अर्थात १ लाख ५२ हजार रुपैयाँ बोनश वितरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस