aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटिजन्स बैंकद्वारा ‘सिटिजन हल सेन्टर’ सेवा सुरुवात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
सिटिजन्स बैंकद्वारा ‘सिटिजन हल सेन्टर’ सेवा सुरुवात

काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर कल सेन्टर सेवा शुरु गरेको छ । आइतबारदेखि संचालन आएको बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरु राख्न सक्ने बैंकले जनाएको छ । 

कल सेन्टरका लागि बैंकले ०१–५९७००६८ नम्बरको टेलिफोन उपलब्ध गराएको छ । भने  [email protected] मा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचनाप्राप्तगर्न सहयोग पुग्ने छ । हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको बैंकले जनाएको छ । देशभरी रहनुभएका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थपनजिकहुन सहजहुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस